फिफा महिलाको वरीयतामा नेपाल एक स्थान खस्किएको छ। नेपाल एक स्थान तल झर्ने क्रममा १०० स्थानमा रहेको छ।
यो महिना नेपालले थाइल्यान्डसँग एक अन्तर्राष्ट्रिय खेल खेल्दा हार ब्यहोरेको थियो।
नेपाल दक्षिण एसियाको वरीयतामा दोस्रो स्थानमा छ।
दक्षिण एसियामा शीर्ष स्थानको भारत ७०औं स्थानमा छ। भारत पनि एक स्थान तल झरेको हो।
यस्तै बंगलदेश पाँच स्थान माथि उक्लिदै १२८औं स्थानमा छ।
यस्तै पकिस्तान १५७औं, श्रीलंका १५९औं, माल्दिभ्स १६३औं र भुटान १७१औं स्थानमा छन्।
विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा छ। स्पेन दोस्रो, जर्मनी तेस्रो, ब्राजिल चौथो र इंग्ल्यान्ड पाँचौ स्थान छन्।