सन् २०१४ को जुन २८ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता प्रदान गरेको थियो। नेपालले आइसिसी टी-२० विश्वकप २०१४ मा उत्कृष्ट प्रदर्शन गरेपछि टी-२० मान्यता दिइएको थियो।
यद्यपि नेपालले टी-२० मान्यता पाउनुअघि नै टी-२० अन्तर्राष्ट्रिय खेल खेलिसकेको थियो। किनभने आइसिसीले सन् २०१४ को टी-२० विश्वकपका सबै खेललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने घोषणा गरेको थियो।
सो विश्वकपमा हङकङविरूद्ध खेलेको पहिलो खेल नेपलको पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल हो। बंगलादेशमा भएको सो खेलमा नेपाल ८० रनले विजयी भएको थियो। तर, सन् २०१६ को टी-२० विश्वकपमा छनोट हुन असफल भएपछि नेपालले जुलाई २०१५ मा यो मान्यता गुमाउन पुग्यो।
आइसिसीले सन् २०१९ को जनावरीदेखि आफ्ना सबै सदस्य राष्ट्रबीचको खेल टी-२० खेललाई टी-२० अन्तर्राष्ट्रिय मान्यता दिने घोषणा गर्यो। त्यसपछि नेपालले खेलेका सबै खेलले टी-२० अन्तर्राष्ट्रिय मान्यता पाए।
सन् २०१४ देखि हालसम्म नेपालले एक सय वटा टी-२० खेल खेलिसकेको छ। नेपालले सोमबार स्कटल्यान्डको ग्लास्गोमा नेदरल्यान्ड्ससँग खेलेर आफ्नो १००औं अन्तर्राष्ट्रिय टी-२० खेल खेलेको हो।
आफ्नो सयौं टी-२० खेल नेपालका लागि अविस्मरणीय सावित भयो।
नेदरल्यान्ड्सविरूद्धको खेलमा तीन पटकसम्म सुपर ओभर खेलियो। यो पनि अर्को रेकर्ड हो।
पुरुषको व्यावसायिक क्रिकेट (टी-२० वा लिस्ट ए) मा पहिलो पटक खेल तेस्रो सुपर ओभरमा पुगेको हो। यद्यपि यो अविस्मरणीय र कीर्तिमानी खेल नेपालको पक्षमा भने आउन सकेन। नेपालले तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्ससँग पराजित हुन पुग्यो। नेपाल, नेदरल्यान्ड्स र स्कटल्यान्ड बीचको यो त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको नजिता आफ्नो पक्षमा आउन नसके पनि नेपाली टोली र समर्थकले यो खेललाई कहिल्यै बिर्सने छैनन्।

निर्धारित २० ओभरको खेलमा नेपाल र नेदरल्यान्ड्स दुवैले १५२-१५२ रन बनाएका थिए।
लक्ष्य पछ्याएको नेपाललाई निर्धारित ओभरमा खेल जित्न अन्तिम ओभरमा १६ रन आवश्यक परेको थियो। जसमा सन्दीप लामिछानेले नेदरल्यान्ड्सका तीव्र गतिका बलर काइल क्लाइनलाई विरूद्ध पहिलो बलमा दुई रन र दोस्रो बलमा एक रन लिए।
त्यसपछि दबाबमा परेको नेपालको आसा नन्दन यादवले जगाइदिए। उनले तेस्रो बलमा चौका प्रहार गरे। त्यसपछि दुई बल दुई-दुई रन लिँदा नेपाललाई अन्तिम बलमा जित्न छक्का र स्कोर बराबरी गर्न चौका चाहिएको थियो। जसमा नन्दनले चौका नै प्रहार गरे। नन्दनले चार बलमा नटआउट १२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो।
पहिलो सुपर ओभर
पहिलो सुपर ओभरमा नेपालले पहिले ब्याटिङ गर्यो। पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गरेको नेपालले नेदरल्यान्ड्सका बायाँ हाते स्पिनर ड्यानियल डोरामलेविरूद्ध १९ रन बनायो। नेपालका लागि पहिलो बलमा कप्तान रोहित पौडेलले एक रन बनाउँदा कुशल भुर्तेलले त्यसपछि चौका, छक्का, दुई रन, छक्का र अन्तिम बलमा आउट भए। त्यसअघि डोरामले चार ओभरमा १४ रन दिए पनि सुपर ओभरमा उनीमाथि कुशल भुर्तेल हाबी भए।
त्यसपछि नेपालका करण केसीविरूद्ध नेदरल्यन्ड्सका माइकल लेभिटले पहिलो बलमै छक्का प्रहार गरे। दोस्रो बल डट भयो। तेस्रो बलमा लेभिटले लेग बाइबाट एक रन लिए। चौथो बलमा म्याक्स ओ'डाउडले दुई रन लिए। ओ’डाउडले अन्तिम दुई बलमा छक्का र चौका हानेपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो।
दोस्रो सुपर ओभर
दोस्रो सुपर ओभरमा बलिङका लागि नेपालका स्पिनर ललित राजवंशी आए। तर उनीविरूद्ध डच ब्याटरले पहिलो तीन बलमा दुई छक्का प्रहार गरिदिए। तर ललित सम्हालिए। उनले बाँकी तीन बलमा चार रन मात्र दिए। स्कट इडवार्डले ललितको पहिलो बलमै छक्का प्रहार गर्दा दोस्रो बलमा एक रन लिए। तेस्रो बलमा ओ'डाउडले छक्का प्रहार गरे। त्यसपछि वाइड हुँदा चौथो बलमा एक रन लिए। पाँचौ बलमा इडवार्डले दुई लिए भने अन्तिम बलमा भने उनी आउट हुँदा नेदरल्यान्ड्सले दोस्रो सुपर ओभरमा १७ रन जोड्यो।
जवाफमा नेपालका कप्तान रोहितकुमार पौडैलले डच तीव्र गतिका बलर काइल क्लाइनलाई पहिलो बलमा छक्का प्रहार गरे। दोस्रो बलमा एक रन लिएपछि दीपेन्द्रसिंह ऐंरीले चौका प्रहार गरे। तर दीपेन्द्रले लगातार दुई बल डट खेले। अन्तिम बलमा जितका सात रन र स्कोर बराबरीका लागि छक्का चाहियो। त्यतिबेला ऐरीले क्लाइनलाई छक्का प्रहार गर्दै टी-२० इतिहासमा पहिलो पटक खेललाई तेस्रो सुपर ओभरमा पुर्याए।
तेस्रो सुपर ओभर
तेस्रो सुपर ओभरमा नेपालका लागि कप्तान रोहित पौडेल डच अफस्पिनर ज्याक लायन-क्यासेटविरूद्ध पहिलो बलमै आउट भए। त्यसपछि डेब्यू रुपेश सिंहले दुई बलमा कुनै रन बनउन सकेनन्। चौथो बलमा उनी आउट हुँदा तेस्रो सुपर ओभरमा नेपालले रन नै बनाउन सकेन। जवाफमा नेदरल्यान्ड्सका माइकल लेभिटले नेपालका सन्दीप लामिछानेलाई पहिलो बलम लङ-अनमाथि छक्का प्रहार गर्दै रोमाञ्चक खेलमा आफ्नो टोलीलाई जिताए।
नेपालले बढी खेल खेलेको टोली नेदरल्यान्ड्स
११ वर्षमा आफ्नो सयौं टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको नेपालले अहिलेसम्म कुल सय खेल खेल्दा ५५ खेलमा जित निकालेको छ भने ३९ खेल हारेको छ। ३ खेल बराबरी हुँदा ३ खेल नजिताविहीन भएको छ। नेपालले सबैभन्दा बढी टी-२० खेलेको टोली नेदरल्यान्ड्सविरूद्ध हो। नेदरल्यान्ड्सविरूद्ध नेपालले १४ खेल खेलेको छ। जसमा ७ खेलमा पराजय भोगेको छ। ५ खेलमा नेपाल विजयी हुँदा एक खेल नजिताविहीन र एक खेलमा बराबरी भएको छ। बराबरी भएको एक खेलमा नेपाल सुपर ओभरमा पराजित भएको छ।
नेपालले अहिलेसम्म टेस्ट राष्ट्रसँग १० खेल खेलेको छ। अफगानिस्तानले टेस्ट मान्यता पाउनुअघि उसलाई नेपालले हराएको थियो। त्यसबाहेक नेपालले अरू टेस्ट टोलीविरूद्ध जित निकाल्न सकेको छैन।
टेस्ट राष्ट्रसँग नेपालको टी-२० खेल
प्रतिद्वन्द्वी
|
कुल खेल
|
जित
|
हार
|
बराबरी
|
नतिजाविहीन
|
अफगानिस्तान
|
१
|
१
|
०
|
०
|
०
|
बंगलादेश
|
२
|
०
|
२
|
०
|
०
|
भारत
|
१
|
०
|
१
|
०
|
०
|
आयरल्यान्ड
|
३
|
०
|
३
|
०
|
०
|
दक्षिण अफ्रिका
|
१
|
०
|
१
|
०
|
०
|
जिम्बाब्वे
|
२
|
०
|
२
|
०
|
०
|
जम्मा
|
१०
|
१
|
९
|
०
|
०
|
एसोसिएट राष्ट्रसँग नेपालको टी-२० खेल
प्रतिद्वन्द्वी
|
कुल खेल
|
जित
|
हार
|
बराबरी
|
नतिजाविहीन
|
भुटान
|
१
|
१
|
०
|
०
|
०
|
क्यानडा
|
३
|
१
|
२
|
०
|
०
|
हङकङ
|
१२
|
५
|
५
|
०
|
२
|
केन्या
|
५
|
३
|
२
|
०
|
०
|
कुवेत
|
३
|
२
|
१
|
०
|
०
|
मलेसिया
|
१०
|
९
|
१
|
०
|
०
|
माल्दिभ्स
|
३
|
३
|
०
|
०
|
०
|
मंगोलिया
|
१
|
१
|
०
|
०
|
०
|
नामिबिया
|
२
|
१
|
१
|
०
|
०
|
नेदरल्यान्ड्स
|
१४
|
५
|
७
|
१
|
१
|
ओमान
|
८
|
५
|
२
|
१
|
०
|
पपुवा न्यू गिनी
|
६
|
४
|
२
|
०
|
०
|
फिलिपिन्स
|
१
|
१
|
०
|
०
|
०
|
कतार
|
३
|
२
|
१
|
०
|
०
|
साउदी अरब
|
१
|
१
|
०
|
०
|
०
|
सिंगापुर
|
३
|
२
|
१
|
०
|
०
|
थाइल्यान्ड
|
१
|
१
|
०
|
०
|
०
|
युएई
|
१०
|
५
|
५
|
०
|
०
|
अमेरिका
|
३
|
२
|
०
|
१
|
०
|
जम्मा (एसोसिएट)
|
९०
|
५४
|
३०
|
३
|
३
|