फिफा क्लब विश्वकप २०२५ मा सोमबार राति इंग्लिस क्लब चेल्सीले जित निकालेको छ। लस एन्जलस एफसीलाई मर्सिडिज-बेन्ज स्टेडियम एटलान्टामा चेल्सीले २-० गोलले हरायो।
पहिलो गोल ३४औं मिनेटमा पेड्रो नेटोले गरे। दोस्रो गोल दोस्रो हाफमा इन्जो फर्नान्डेजले लियाम डेलापको क्रसमा जितसँगै चेल्सीले समूह डी मा ३ अंक जोड्यो।
यता ब्राजिलको फ्लामेन्गोले ट्युनिसियाको एस्पेरान्स डे टुनिसलाई २-० ले पराजित गर्यो। पहिलो गोल जर्जियन डे अरास्काएटाले १७औं मिनेटमा गरे। सो गोल लुइज अराउजोको पासमा सम्भव भएको थियो। दोस्रो गोल अराउजोले दोस्रो हाफमा गरे। उसले पनि समूह डी मा ३ अंक जोडेको छ।
यता हार्ड रक स्टेडियम, मियामीमा अर्जेन्टिनाको बोका जुनियर्स र पोर्चुगलको बेनफिकाबीचको खेल २-२ को बराबरीमा सकियो।
बोका जुनियर्सले पहिलो हाफमा मिगुएल मेरेन्टिएल र रोड्रिगो बट्टाग्लियाको गोलले २-० को अग्रता लिएको थियो। तर, बेनफिकाले हाफटाइम अघि एन्जेल डि मारियाको पेनाल्टी गोल र ८४औं मिनेटमा निकोलास ओटामेन्डीको हेडर गोलले बराबरी गर्यो।
खेलमा तीन रातो कार्ड देखाइयो (बोकाका आन्दर हेरेरा र जर्ज फिगाल, र बेनफिकाका आन्द्रेया बेलोटी) देखाइएको थियो। समूह सी मा दुवै टोलीले १-१ अंक प्राप्त गरेका छन्।