कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पहिलो पटक ‘कर्णाली प्रिमियर लिग–१’ सञ्चालन हुने भएको छ।
प्रतियोगितामा कर्णाली प्रदेशसहित देशका दशवटा क्रिकेट क्लबको सहभागिता रहने आयोजक बन्धु विकास सहकारी संस्था, सुर्खेतले जनाएको छ।
सहभागी क्लबहरूमध्ये तीनवटा क्लब कर्णाली प्रदेशभित्रका रहने जनाइएको छ।
जेठ ४ गतेदेखि १२ गतेसम्म ९ दिन सञ्चालन हुने लिगको विजेता ट्रफीसहित ३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताका रनर–अपले १ लाख ५० हजार नगद पुरस्कारसहित ट्रफी पाउने छन्।
लिगअन्तर्गतका प्रत्येक खेलहरूमा म्यान अफ दि म्याच बन्ने खेलाडीले ट्रफीसहित २ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। यस्तै, ब्याट्स म्यानले १० हजार नगदसहित ट्रफी, उत्कृष्ट बलरले ट्रफीसहित १० हजार तथा म्यान अफ दि सिरिज बन्ने खेलाडीले ट्रफीसहित २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।
प्रतियोगिताका सबै खेलहरू लिग आधारमा खेलाइने छ। प्रतियोगितामा सहभागी प्रत्येक समूहमा १४ जना खेलाडी रहने छन्।
प्रतियोगितामा २० लाख खर्च हुने अनुमान गरिएको छ। प्रतियोगिता वीरेन्द्रनगरस्थित कालिञ्चोक क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिता कर्णाली प्रदेशमा ऐतिहासिक र महत्वपूर्ण रहने आयोजकको अपेक्षा छ।
१६ वर्षमुनिको समूहलाई बिदाई[caption id="attachment_153274" align="alignnone" width="4096"]

काठमाडौंमा हुन लागेको मनमोहन मेमोरियल १६ वर्षमुनिको क्रिकेट प्रतियोगितामा सहभागी हुन कर्णाली प्रदेशबाट छनोट भएका खेलाडीहरू। तस्बिर : दिपकजंग शाही[/caption]
यसैबीच, काठमाडौंमा हुने मनमोहन मेमोरियल १६ वर्षमुनिको प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशबाट सहभागी हुने खेलाडीहरूलाई बिहिबार बिदाई गरिएको छ।
प्रकाश जैसीको कप्तानीमा रहेको समूहमा प्रदेशका ६ जिल्लाका १६ वर्षमुनिका १८ जना खेलाडीहरू रहेका छन्। प्रतियोगिताका लागि यही वैशाख ६ देखि ८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा छनोट प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरिएको थियो ।