काठमाडौं महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका ४ वटा घरमा डोजर चलाएको छ।
शुक्रबार बानेश्वरस्थित वडा नम्बर-१० को कार्यालय नजिकैको चार वटा पक्की घरमा महानगरले डोजर चलाएको महानगर प्रहरी बलका प्रहरी उपरिक्षक दिनेश अर्यालले जानकारी दिए।
उनका अनुसार ती घरहरूले सार्वजनिक जग्गा अतिक्रमण गरी केही संरचना बनाएका थिए।
‘नापी विभागले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको संरचना हटाउन चिन्ह्र लगाएको थियो,' उनले भने, 'तर उहाँहरूले ती संरचना भत्काउनुभएको थिएन। आज प्रतिकात्मक रूपमा डोजर चलाएर हटाएका हौं।’
आज दुइटा घरको बार्दली र दुइटाको पर्खालमा मात्र डोजर चलाएको उनले बताए। यदी उक्त संरचना नहटाए पुनः महानगरपालिकाले भत्काउने अर्यालको भनाइ छ।
पछिल्लो समय महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको संरचना हटाउने अभियान चलाउँदै आएको छ।