अछाममा आगलागीबाट १० वटा पसल जलेर नष्ट भएका छन्।
शनिबार बिहान पौने ४ बजे साँफेबगर नगरपालिका-३ हाटबजारमा १० वटा पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।
प्रेम खड्काले संचालन गरेको शुभेच्छा म:म सेन्टरबाट बिजुलीको तार सर्ट भई आगलागी सुरू भएको थियो।
आगलागी सुरू भएपछि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको टोली खटिएको थियो।
बिहान ६ बजेतिर उक्त आगलागी नियन्त्रणमा आएको थियो।
घटनामा मानवीय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ।
आगलागीमा १० वटा पसल पूर्ण रूपमा क्षति भएको छ। प्रारम्भिक जानकारी अनुसार ३ करोड ८६ लाख ६५ हजार बराबरको क्षति भएको अनुमान प्रहरीको छ।