काठमाडौंको पाकिस्तानी दूतावास अगाडि प्रदर्शन भएको छ।
गत मंगलबार जम्मू-कास्मिरमा आतंकवादी समूहले एक जना नेपालीसहित २६ जनाको हत्या गरेका थिए। उक्त घटनामा बुटवलका सुदीप न्यौपानेको पनि हत्या भएको थियो।
उनको न्यायका लागि माग गर्दै नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
पहलगाममा भएको हमलाको जिम्मा द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ)ले लिएको छ। टिआरएफलाई पाकिस्तानको सैन्य र गुप्तचर निकायले समर्थन गरेको आरोप छ।
यद्यपि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यस घटनामा निष्पक्ष छानबिनका लागि तयार रहेको बताएका छन्।
तस्बिरहरू:
(सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी)
-1745652020.jpeg)
-1745652019.jpeg)
-1745652019.jpeg)
-1745652018.jpeg)
-1745652017.jpeg)
-1745652017.jpeg)