प्रतिनिधि सभाबाट जलस्रोत विधेयक २०८१ पारित भएको छ।
उक्त विधेयक सोमबारको बैठकबाट बहुमतले पारित भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस भनी सभामा प्रस्ताव प्रस्तुत गरेका थिए।
जलस्रोत विधेयकमाथि उठेका प्रश्नको जबाफ दिँदै ऊर्जामन्त्री खड्काले यस विधेयकले जलको प्रयोग, सदुपयोग र संरक्षण एवं समुचित बाडँफाँटको विषयमा केन्द्रित भएर काम गर्ने र यसको सम्पूर्ण जिम्मेवारी जल तथा ऊर्जा आयोगलाई दिइने व्यवस्था गरेको बताएका थिए।
नदीको क्षमता कति र संरक्षण कसरी गर्न सकिन्छ भन्ने व्यवस्था विधेयकमा समावेश भएको उल्लेख गर्दै उनले विधेयकले तीनै तहका सरकारको अधिकारलाई सुनिश्चित गर्ने पनि बताए।