प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको छ।
बिहीबार साँझ करिब ८ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक सुरू भएको हो।
बैठकले के कस्ता निर्णय लिन्छन् भन्ने खुलिसकेको छैन।
पछिल्लो एक महिनादेखि सरकारले गभर्नरको नियुक्ति गर्न सकेको छैन।
मन्त्रिपरिषदको बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सत्तासीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।