सत्तारूढ दल नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले राप्रपाले राजा फर्काउने भए पशुपतिशमशेर जबरालाई पनि न्याय गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रिजालले राप्रपाले राजा फर्काउने हो भने उसकै सांसद एवम् पूर्वअध्यक्ष पशुपतिशमशेर जबरालाई पनि श्री ३ बनाएर फर्काउनुपर्ने बताएका हुन्।
'ज्ञानेन्द्रको नाती हृदयन्द्रलाई श्री ५ बनाएर फर्काउने भए मोहनशमशेरको नाती पशुपतिशमशेर जंगबहादुर राणालाई श्री ३ फर्काउनुपर्यो। राप्रपाले उहाँलाई पनि न्याय गर्नुपर्यो,' उनले भने।
सांसद रिजालले त्रिभुवन भन्नेहरु र मोहनशमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री ३ बिदा भएको र २०६५ साल जेठ १५ गते जनताको निर्विचत संविधान सभामार्फत नेपालबाट श्री ५ समाप्त भएको स्मरण गराए।
'अहिले आएर जनताको प्रतिनिधिले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताका आधारमा विदा गरेको श्री ३ किन फर्किँदैन?,' उनले प्रश्न गरे।