नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई लक्ष्य गर्दै भाटभटेनीबाट कुन सहमहामन्त्रीको कुन छोराले रक्सीको बोत्तल बोकेर हिँडेको हो प्रमाणित गर्न माग गरेको छ।
चैत १५ गतेको घटना भन्दै राप्रपा अध्यक्ष लिङ्देनले वैशाख १२ गतेको प्रतिनिधि सभा बैठकमा कांग्रेसका सहमहामन्त्रीको छोरा भाटभटेनीको सामान लुटपाटमा संलग्न रहेको, प्रहरीले पक्राउ गरे पनि छाडेको अभिव्यक्ति दिएका थिए।
भिडिओ:
उक्त कुरा प्रमाणित गर्न र प्रमाणित गर्न नसके क्षमायाचना गर्न कांग्रेस प्रमुख सचेतक घिमिरेले आइतबारको प्रतिनिधि सभा बैठकबाट माग गरेका हुन्।
‘कांग्रेसमा आठ जना सहमहामन्त्री हुनुहुन्छ, कुन चाहिँ सहमहामन्त्रीको कुन चाहिँ छोराले रक्सीबो बोत्तल बोहेर हिँड्नुभयो प्रमाणित गर्नुस्। होइन भने क्षमायाचना गर्नुस्। संसदको रेकर्डबाट पनि यो कुरा हटाइयोस्,’ उनले भने।
यो पनि:
भाटभटेनी लुटपाटमा कांग्रेस सहमहामन्त्रीको छोरा पक्राउ परेका थिए, तुरून्तै छाडिएको थियो: राजेन्द्र लिङ्देन