नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा नरेन्द्र ढकाल चयन भएका छन्।
आइतबार भएको सातौं अधिवेशनबाट सर्वसम्मत रूपमा प्रेस युनियन गोरखाका अध्यक्षसमेत रहेका ढकाल महासंघको अध्यक्ष चयन भएका हुन्।
उपाध्यक्षमा विकास मरहट्टा, महिला उपाध्यक्षमा अस्मिता सिंखडा र सचिवमा सुजन न्यौपाने चयन भए।
कोषाध्यक्षमा गुणबहादुर रोका, सहसचिवमा मोहसिन अलि मियाँ र सहसचिव समावेशीमा दानबहादुर गुरूङ चयन भएको निर्वाचन समिति सदस्य कैलाशबाबु श्रेष्ठले जानकारी दिए।
सदस्यतर्फ आदिवासी जनजातितर्फबाट बिबर गुरूङ चयन भए।
समावेशी सदस्यतर्फ संगीता चेपाङ र अन्य सदस्यहरूमा राजेश पौडेल, विमल श्रेष्ठ, मेलिना बराम र सुदीप श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीको भनाइ छ।
महासंघ गोरखा शाखाको अधिवेशन लामो समयदेखि स्थगित हुँदै आएको थियो।