सर्वोच्च अदालतले कर्णाली प्रदेशका चार सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ।
न्यायाधीश प्रकाशसिंह राउतको इजलासले बिहीबार सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दबहादुर बुढा र अमरबहादुर थापालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको हो।
पार्टीको ह्वीप विपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर भोट दिएको आरोपमा नेकपा एमाले महाधिवेशन आयोजक कमिटीले उनीहरूलाई बर्खास्त गरेको थियो।
पार्टीको केन्द्रीय कमिटीले कारबाही गर्नुपर्नेमा महाधिवेशन आयोजक कमिटीले गरेको कारबाही नमिल्दो देखिएकाले पुनर्बहालीको आदेश दिइएको सर्वोच्चले जनाएको छ।
उनीहरूले वैशाख ३ गते शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएका थिए। वैशाख १४ मा कारबाहीमा परेपछि सर्वोच्च अदालतमा निवेदन दिएका थिए।