सडकमा गुडिरहेको गाडीमा आगलागी भएको छ। झम्सिखेलको भित्री बाटो भएर लगनखेलतर्फ जाँदै गरेको बा १ य ५६७ नम्बरको कारमा झम्सिखेल चोकमा आगो लागेको हो।
एजेन्सीका एक जना कर्मचारी र गाडीका चालक मात्र सवार रहेको उक्त गाडीको तार सर्ट भएर आगो लागेको चालकले जानकारी दिए। गाडीमा अफिसका कागजपत्रमात्र भएको उनले बताए।
दमकलले गाडीमा लागेको आगो नियन्त्रणमा लिएको हो।



