नेपाली कांग्रेसका सांसद बलबहादुर केसीले नेकपा एमाले र नेकपा माओवादी कांग्रेसका कार्यकर्ताले आफू माथि हातपात गरेको आरोप लगाएका छन्।
सोलखुम्बुको सदरमुकामबाट नेटा सल्लान गाउँपालिकामा मनोनयन दर्ताका लागि वडा नं ६ का वडा सदस्य टंकबहादुर कार्की र पवन खड्कासँग गाडीमा जाँदै गर्दा आफूमाथि तिलाङवासी गाउँमा हातपात भएको केसीले बताएका हुन्।
उनले माओवादी केन्द्रका रामकुरमार राई लगायतका एमाले कार्यकर्ताले हात पात गरेको बताए। साथै प्रहरीले सुरक्षा नदिएको बताए। 'अहिलेसम्म सुरक्षाको व्यवस्था छैन। उम्मेद्वार कहाँ छ थाहा छैन। अपहरण भएको छ', उनले भने।
आफूले सुरक्षाकर्मीलाइ सुरक्षा व्यवस्था मिलाउन भने पनि सुरक्षा नदिएको उनले बताए।
'मैले तीन चार पटक डिएसपीलाई फोन गरेको छु। तैपनि सुरक्षाकर्मी आएका छैनन्। उहाँले शान्ति सुरक्षा पहिला देखि नै अलर्ट हुनुपर्ने हो, माननिय गएको अवसुथामा प्रमुख जिल्ला अधिकारीले पनि सुरक्षा व्यवस्था मिलाउनुर्ने हो। माननिय माथि हातपात र उम्मेद्वार हाइज्याक भएको छ', उनले गुनासो गरे।