नेपाल कम्यूनिष्ट पार्टी विप्लवका कार्यकर्ताले निर्वाचन सामाग्री लुटेका छन् । शान्ति नगर गाउँपालिका वडा नं. ३ भलानेटी भन्ने गाउँमा शनिबार बिहान आधा दर्जनको संख्यामा रहेका विप्लबका कार्यकर्ताले निर्वाचन सामाग्री लुटेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी साहायक निरीक्षक टेकबहादुर भुसालले सेतोपाटीलाई बताए।
निर्वाचन शिक्षा दिन त्यहाँ पुगेका गिता भण्डारी र विमला केसीको साथमा रहेका निर्वाचन सामाग्री मुख छोपेर आएका विप्लवका कार्यकर्ताले लुटेर लगेको भूसालले बताए। दुई वटा झोला , हातेपुस्तिका, नामावली पुस्तिका, क्रम संख्या कपि, मतदाता नामावली, विभिन्न चेतनामुलक सामाग्री , आचारसंहिता, नमुना मतपत्र लगाएतका सामाग्री लुटेर लगेको प्रहरीले बताएको छ । मतपत्र लुट्नेहरुको खोजी जारी रहेको प्रहरीले बताएको छ।