चितवनको सौराहामा १८ औं पर्यटन तथा हात्ती महोत्सव जारी छ।
महोत्सवको तेस्रो दिन शनिबार हात्तिलाई वनभोज गराइएको छ। वनभोजमा हात्तीहरूलाई १८ देखि २० थरिका खानेकुरा खान दिइएको छ।
शनिबार ३५ ओटा हात्तीलाई वनभाेज गराइएकाे थियाे। भेलिमा पकाएकाे चामल, ड्र्यागन फ्रुट, स्याउ, उखु, सुन्तला, केरा, घाँस, खर्बुजा, भुइँकटहर, मकै लगायतका खानेकुराहरु खुवाइएको थियो।
वनभोजसँगै आज हात्तीलाई आराम गर्न दिइन्छ।
महोत्सवमा सरकारी र निजी गरी करिब ८० हात्ती सहभागी छन्। महोत्सवमा हात्ती शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीमैत्री फुटबल पेनाल्टी सुट आउट प्रतियोगिता, हात्तीमैत्री म्युजिकल वाक, हात्तीको स्वास्थ्य परीक्षण शिविर, पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, ‘चितवनमा पर्यटनको सम्भावना हिजो र आज’ विषयक अन्तरक्रिया, स्थानीय भेषभुषा तथा कला संस्कृति सहित झाँकी प्रदर्शन, कलाकारको साँस्कृतिक प्रस्तुति रहेको हात्ती सहकारी सस्था का अध्यक्ष यूनाईटेड हात्ती संचालन सहकारी संस्था लिमिटेड दिपेन्द्र खतिवडाले जानकारी दिए।
महोत्सव पुस १५ गतेसम्म चल्नेछ।
तस्बिरहरूः
सबै तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी।