नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोके तीन वटै अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताएका छन्।
शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै महानिर्देशक अधिकारीले सरकारले अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता सरकारले तोक्न नसक्दा समस्या भएको बताएका हुन्।
उनले भैरहवा, पोखरा र त्रिभुवन विमानस्थल एकै पटक चल्नसक्ने अवस्था नभएको बताए।
महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमताअनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा, पोखरा विमानस्थल चल्ने दाबी गर्दै क्षमता तोक्न आवश्यक रहेको बताए।
उनले क्षमता अनुसार विमानस्थल चलाउने भनेर सरकारले निर्णय गरेको दिन भैरहवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्ने बताए।
उनले यसले भैरहवा,पोखरा काठमाडौं कनेक्टिभिटी र अन्तर्राष्ट्रिय उडानहरू बढ्ने बताए।
उनले भविष्यमा अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए।
उनले तीन वटै विमानस्थल चल्दा काठमाडौंको विमानस्थल रातभरी चलाउनु र होल्डिङमा पनि बस्नु नपर्ने बताए।
उनले विमानस्थल १० घण्टा बन्द गर्न धेरै लड्नुपरेको भन्दै ५० लाख यात्रु क्षमता निश्चित गर्दा निजी क्षेत्रले सरकारलाई साथ दिनुपर्ने बताए।
उनले विमानस्थलमा ५० लाख यात्रु क्षमता निश्चित गर्ने कुरा पाँच छ जना व्यवसायीहरूले कब्जामा राखेको उल्लेख गरे।
उनले भने, ‘प्राधिकरणले डिले भयो, त्रिभुवन विमानस्थलमा शौचालय राम्रो भएन र भैरहवा, पोखरा विमानस्थल सञ्चालनमा आएन भनेर कुरा सुन्नुपर्छ। एउटै निकायले सबै कुरा सम्बोधन गर्न सक्दैन। तर चेपुवामा भने क्यानको नेतृत्व पर्ने रहेछ। पाँच महिना पनि धैर्य गर्न सक्ने निजी क्षेत्र देखिएन। पाँच महिना विमानस्थल बन्न दिऊँ भन्ने धैर्यता देखिएन। विमानस्थल ५ घण्टा बन्द गरेर यात्रुहरूको कटौती भएको छैन। बन्द हुनुभन्दा पहिलाको जस्तो नै क्षमतामा विमानस्थल सञ्चालनमा गरेका छौं। एउटै कुरा भैरहवा, पोखरा र त्रिभुवन विमानस्थल पनि चल्ने अवस्था हुँदैन। यो कुरा बुझ्नुपर्यो। यति बुझेको दिन तीन वटै विमानस्थल चल्छन्।’
उनले अगाडि, ‘सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षमता अनुसार चलाउन सरकारले निर्णय गरेको दिन भैरहवा, पोखरा विमानस्थल चल्छन्। क्षमताअनुसार विमानस्थल चलाउने भनेर जुन दिन भन्छौं। भैरहवा, पोखरा त्यही दिनदेखि चल्छ। यसले भैरहवा,पोखरा काठमाडौं कनेक्टिभिटी बढ्छ। अन्तर्राष्ट्रिय उडानहरू बढ्छ। भविष्यमा अर्थतन्त्रमा ठूलो योगदान पुग्छ। योभन्दा बढी सरकारले कमाउन सक्छ। यस्तो हुँदा काठमाडौंको विमानस्थल रातभरी चलाउनु पर्दैन। होल्डिङमा पनि बस्नु पर्दैन। विमानस्थल १० घण्टा बन्द गर्न धेरै लड्नुपर्यो। ५० लाख यात्रु क्षमता निश्चित गरौं भन्दा निजी क्षेत्रले सरकारलाई सपोर्ट गर्छन्। अहिले नै मलाई नै चाहियो अहिलै कमाउनु पर्यो भनेर पाँच जना मान्छेले कब्जा गरेर राखेका छन्। यो वास्तविकता हो।’
उनले प्राधिकरणले सबै कुरा सम्बोधन गर्न नसक्ने बताए। उनले पाँच महिना पनि धैर्य गर्नसक्ने निजी क्षेत्र नदेखिएको बताए।
विमानस्थल ५ घण्टा बन्द गरेर यात्रुहरूको कटौती भएको नभएको उल्लेख गरे।—न्युज एजेन्सी नेपाल