ड्रागन बोट फेस्टिबलको तयारी स्वरूप पोखराको फेवातालमा यही पुस १४ र १५ गते हुने दोस्रो ड्रागन बोट फेस्टिबलमा सहभागी टोलीहरूले पूर्वाभ्यास गरिरहेका छन्।
२०८१ पुस १४ र १५ गतेसम्म आयोजना हुन लागेको ड्रागन बोट प्रतियोगिताको दोस्रो संस्करणमा नेपालका ११, चीनका ८ र सिंगापुरका एक गरी २० वटा समूहको सहभागिता रहनेछ।
२ सय मिटर र ५ सय मिटर दुरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दुरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर, उपविजेताले दुई हजार डलर, तृतीयले १ हजार २०० सय डलर पुरस्कार प्राप्त गर्नेछन्। त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रति समूह पाँच सय डलर पनि प्रदान गरिनेछ।
नेपालको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सह-आयोजनामा पोखरामा दोस्रो ड्रागन बोट फेस्टिबल आयोजना गर्न लागिएको हो।
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी