संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघदेखि स्थानीय तहसम्मका प्रतिष्ठानमा देखिएको अस्पष्टता हटाउन जरूरी रहेको बताए।
नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सम्पन्न भएको प्राज्ञिक भेलाबाट प्राप्त भएका सुझाव लिँदै मन्त्री पाण्डेले प्रतिष्ठानहरूमा देखिएको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए।
भेलामा तीनवटै प्रज्ञा–प्रतिष्ठानका कुलपति, उपकुलपति तथा प्राज्ञहरूको मर्यादा क्रम, तीनवटै प्रज्ञा–प्रतिष्ठानका ऐन तथा नियमावलीमा व्यवस्था भए अनुसार कायम हुनपर्ने बताए।
साथै प्रदेश स्तरका प्रज्ञा–प्रतिष्ठानहरू र स्थानीय रूपमा सञ्चालित प्रज्ञा–प्रतिष्ठानहरूका प्राज्ञहरूको मर्यादाक्रम प्रदेश र स्थानीय सरकारको मर्यादाक्रमका आधारमा तोकिनु पर्ने लगायतका विषयमा छलफल गरेका थिए।
मन्त्री पाण्डेले छलफलमा उठेका विषय विषयगत समितिको बैठकमा प्रस्तुत गर्ने बताए।