काठमाडौं विमानस्थलको स्तरोन्नति तथा सीमित उडानले बुद्ध एयरले भैरहवा तथा पोखराबाट अतिरिक्त उडान थालेको छ।
सातामा पोखराबाट नेपालगञ्जको तीन उडान हुने गरेकोमा बुद्ध एयरले अब दैनिक थालेको छ।
त्यसैगरी भैरहवाबाट पोखराको लागि दैनिक १ अतिरिक्त उडान थप गरेको छ।
बुद्ध एयरले रात्रि उडानलाई थप सहज बनाउँदै विभिन्न गन्तव्यको भाडादर बिहान, दिउँसोको दाँजोमा घटाएको छ।
बुद्धले पोखराको लागि पाँच सय रूपैयाँ, भद्रपुर तथा नेपालगञ्जका लागि एक हजार तथा जनकपुरधामका लागि आठ सय रूपैयाँ भाडादर घटाएको छ।
भैरहवामा अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको उडानले त्यस भेगमा थप आर्थिक चलायमान हुने तथा पर्यटनलाई पनि टेवा पुग्ने देखिन्छ।
यसैगरी काठमाडौं वा पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि भैरहवा आउजाउ गर्ने यात्रुलाई बुद्ध एयरले हरेक फेयरमा २५ केजी लगेज पनि छुट दिएको छ।