वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा दैनिक उपभोग्य वस्तु अभाव नरहेको बताएको छ।
विभागका महानिर्देशक राजेश ज्ञवालीले आपूर्ति प्रणालीलाई नजिकबाट नियालिरहेको बताउँदै दैनिक उपभोग्य वस्तु पर्याप्त मात्रामा आयात भएको जानकारी दिएका हुन्।
गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा खाद्यान्न लगायतका सामग्री बढी आयात भएकाले चाडपर्व नजिकिँदै गर्दा समेत अभाव नहुने उनले स्पष्ट पारे।
ज्ञवालीले आपूर्ति व्यवस्थालाई सहज बनाउन निजी क्षेत्रका छाता संगठनहरूसँग नियमित छलफल भइरहेको पनि उल्लेख गरेका छन्।