नेकपा (एमाले)को मतगणना जारी छ।
सचिव पदमा ९ जना निर्वाचित हुनेमा २० जनाले उम्मेदवारी दिएका थिए।
केपी ओली र ईश्वर पोखरेलले समूह नै बनाएर उम्मेदवारी दिएका थिए।
बाँकी दुई जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए।
मतगणनाको प्रारम्भिक नतिजाअनुसार सचिव पदमा ९ जनामा पद्मा अर्याल, महेश बस्नेत, छविलाल विश्वकर्मा, शेरधन राई, हिक्मतकुमार कार्की, यामलाल कँडेल, खगराज अधिकारी, राजन भट्टराई र भानुभक्त ढकाल अगाडि छन्।
पद्मा ३०५, बस्नेत ३११, विश्वकर्मा ३११, शेरधन ३००, हिक्मत २७४, यामलाल २५९, खगराज २७९, राजन २३५ र भानुभक्तले २२५ पाएका छन्।
हालको परिणामअनुसार शीर्ष ९ मा गोकुल बाँस्कोटा भने परेका छैनन्। उनले १९२ मत पाएका छन्।
त्यस्तै कर्णबहादुर थापा १६६, ठाकुर गैरेले १७५ मत ल्याएका छन्।