इस्लिङ्टन कलेजले आफ्ना स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई दीक्षित गर्दै ललितपुरस्थित द प्लाजामा दुईदिने भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ।
दीक्षान्त समारोह विद्यार्थीहरूको दीर्घ शैक्षिक यात्रापछि व्यावसायिक जीवनतर्फको औपचारिक प्रवेशको प्रतीकका रूपमा लिइन्छ, जहाँ उनीहरूले हासिल गरेको ज्ञान, सीप र अनुशासनले भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
समारोहमा स्नातक तह अन्तर्गत बिएससी (अनर्स) कम्प्युटिङ, बिएससी (अनर्स) कम्प्युटर नेटवर्किङ एण्ड आइटी सेक्युरिटी, बिएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशन, बीए (अनर्स) इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट, बिए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बिए (अनर्स) एड्भर्टाइजिङ एण्ड मार्केटिङ तथा बिए (अनर्स) इभेन्ट्स एण्ड टुरिजम म्यानेजमेन्ट कार्यक्रमका विद्यार्थीहरू सहभागी थिए।
स्नातकोत्तर तह अन्तर्गत एमएससी आइटी, एमबिए तथा एप्लाइड सेक्युरिटी कार्यक्रमका विद्यार्थीहरू दीक्षित भएका थिए।
वार्षिक दीक्षान्त समारोहमार्फत इस्लिङ्टन कलेजले उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्ने आफ्नो परम्परालाई निरन्तरता दिएको छ।
यसै अवसरमा प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति तथा इन्टरनेसनल स्टुडेन्ट हाउस र लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरिएको छ।
यस वर्षको प्रतिष्ठित इन्टरनेशनल स्टुडेन्ट हाउस तथा लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति अनुष नेपाल र अंगना भट्टराईलाई प्रदान गरिएको छ।
करिब १ करोड ५० लाख रूपैयाँभन्दा बढी बराबरको यस छात्रवृत्तिले ट्युशन शुल्क, आवास खर्च तथा दुईतर्फी हवाई भाडासमेत समेट्ने गर्दछ।
त्यस्तै, इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति अम्स घिमिरे र आयेशा नकर्मीलाई प्रदान गरिएको छ।
यी विद्यार्थीहरूले इनोभेट नेपाल ग्रुप अन्तर्गतका कलेजहरूमा स्नातकोत्तर अध्ययन निरन्तरता दिनेछन् भने समूह अन्तर्गतकै संस्थामा कार्य गर्ने अवसरसमेत प्राप्त गर्नेछन्।
समारोहमा विभिन्न विषयमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
सम्मानित विद्यार्थीहरूमा एमबिए कार्यक्रमबाट आशुतोष राजभण्डारी, बिएससी (अनर्स) कम्प्युटर नेटवर्किङ तथा आइटी सेक्युरिटीमा अम्स घिमिरे, बिएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजीमा साहस शाक्य, बिएससी (अनर्स) कम्प्युटिङमा क्षितिज श्रेष्ठ, आइटी विषयको अन्तिम वर्ष परियोजनामा टपर प्रशिदिका तिवारी, बिएससी (अनर्स) कम्प्युटिङ विथ आर्टिफिसियल इन्टेलिजेन्समा टपर प्रशिदिका तिवारी, बिएससी (अनर्स) कम्प्युटिङ विथ मोबाइल एप्लिकेशन डेभलपमेन्टमा टपर प्रयत्न राजकर्णिकार, बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेशनमा टपर अनुश नेपाल, तथा बिए (अनर्स) अकाउन्टिङ एण्ड फाइनान्समा टपर प्रतीक्षा गुरुङ रहेका छन्।
इस्लिङ्टन कलेजले २५ वर्षभन्दा बढी समयदेखि सूचना प्रविधि, व्यवसाय प्रशासन तथा सम्बन्धित क्षेत्रमा स्नातक तथा स्नातकोत्तर कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँगको सहकार्य, उच्चस्तरीय शैक्षिक अभ्यास तथा विश्वव्यापी प्रतिस्पर्धामा सफल हुने दक्ष जनशक्ति उत्पादनप्रति कलेज निरन्तर प्रतिबद्ध रहँदै आएको छ।