अर्थमन्त्रालयले चालु वर्षको लागि अनुमान गरिएको पुँजीगत खर्च करिब २१ प्रतिशत न्युन हुुने अनुमान गरेको छ।
बजेटको अर्धवार्षिक मूल्यांकन गर्दै पुुँजीगत खर्चको अनुमान २ खर्ब ४३ अर्ब मात्रै हुने अनुमान गरिएको हो।
अर्थमन्त्री रामेश्वर खनाल नेतृत्व गरिएको मूल्यांकनमा सबै प्रकारका खर्च घट्ने अनुमान गरिएको छ।
चालु वर्षको लागि ४ खर्ब ७ अर्ब रुपैयाँ पुँजीगत बजेट विनियोजन गरिएको थियो। तर, अहिले भने एक खर्ब ६२ अर्ब रुपयाँ कम खर्च हुने अनुमान गरिएको छ।
त्यस्तै चालु खर्च ११ खर्ब ८० अर्ब विनियोजन गरिएकोमा ११ खर्ब २५ अर्ब खर्च हुने अनुमान गरिएको थियो।
वित्तीय वणयवस्थाको लागि ३ खर्ब ७५ अर्ब विनियजन गरिएकोमा ३ खर्ब १८ अर्ब खर्च हुने अनुमान गरिएको थियो।