शेष घले नेतृत्वको उच्चस्तरीय समितिले मे ३ देखि ५ सम्म हुने महाधिवेशन नरोक्ने स्पष्ट पारेको छ।
समितिका सदस्य विनोद कुवँरले सेतोपाटीसँग कुराकानी गर्दै गैर आवासीय नेपाली संघ(एनआरएनए)को महाधिवेशनका लागि विभिन्न देशबाट प्रतिनिधिहरु आउने क्रम जारी रहेको बताए।
'हामीले सर्वोच्च अदालतको परमादेशकै आधारमा एकता महाधिवेशन गर्न लागेको हो। ३१ सयभन्दा धेरैले प्रतिनिधिका लागि आवेदन दिइसक्नुभएको छ,' उनले भने, 'मुद्धामाथी मुद्धा हालेर अलमल पार्न अलमलमा नपर्न म सबै प्रतिनिधिसँग आग्रह गर्दछु। विधिवत तरिकाले हुन लागेको एकता महाधिवेशनलाई सबै मिलेर सफल पार्नुपर्छ।'
अन्यौलताको बिचमा पनि महाधिवेशनको तयारीका सबै कामहरु भइरहेको उनले स्पष्ट पारे।
अधिवेशनको उद्धाघाटनको लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बोलाइसकिएको बताउँदै कुँवरले प्रधानमन्त्री, गृह र परराष्ट्र मन्त्रीलाई पनि आमन्त्रण गरिने बताए। प्रमुख राजनीतिक दलका नेताहरुलपनि अधिवेशनमा बोलाइने उनको भनाइ छ।