एनआरएनए क्यानडाकी महासचिव चन्द्रा अधिकारीलाई त्यहाँको सरकारले किङ चार्ल्स कोरोनेसन पदकले सम्मान गरेको छ।
उनी यो पदक पाउने पहिले नेपाली महिला हुन्।
क्यानडा सरकारले सामाजिक सेवामा उल्लेखनीय योगदान दिने व्यक्तिहरूलाई यो पदक प्रदान गर्छ।
अधिकारीले कोभिड-१९ महामारीको समयमा नेपाली विद्यार्थीहरूका लागि राहत वितरण, आपतकालीन सहयोग, सामाजिक हिंसाविरुद्ध अभियानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै त्यहाँको सरकारले सम्मान गरेको हो।
सेतोपाटीसँग कुरा गर्दै पदकले आफूलाई सामाजिक काममा थप हौसला मिलेको अधिकारीले बताइन्।
'मैले यो पदक आफ्नो लागि होइन, सिंगो नेपाली समुदायको सेवामा समर्पित भएर पाएकी हुँ। यो सम्मान सम्पूर्ण नेपाली समुदायकै हो। मलाई अझ ठूलो जिम्मेवारी बोध भएको छ,' उनले भनिन्।