पद सम्हालेको १० दिनमै वर्खास्त भए ह्वाइट हाउसका संचार प्रमुख


ह्वाइट हाउसका संचार प्रमुख एन्थोनी स्कारामुची पद सम्हालेको १० दिनमै वर्खास्त भएका छन्।

ह्वाइट हाउसबाट पछिल्ला १० दिनमा निकालिनेमा एन्थोनी चौथा प्रमुख कर्मचारी हुन्।

आफ्नासहकर्मीविरुद्ध अपमानजनक भाषा प्रयोग गर्न उनले एक रिपोर्टरको मदद्त लिएको आरोप उनीमाथि छ।

एन्थोनीले हालै एक पत्रिकालाई दिएको अन्तर्वातामा गरेका अभद्र टिप्पणीहरु राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अनुपयुक्त लागेकोे ह्वाइट हाउसको भनाइ छ। एन्थोनीले ह्वाइट हाउसबाट केही दिन अगाडि हटाइएका कर्मचारी प्रमुख राइन्स प्रिबसबारे नराम्रो कुरा गरेका थिए।

ट्रम्पले एन्थोनीको विदाइको फैसला नवनियुक्त कर्मचारी प्रमुख जोन केलीको तर्फबाट लिएका हुन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.