अमेरिकाको मेरिल्याण्ड राज्यमा रहेको नेपालीहरुको संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन् अमेरिका (बाना) को अध्यक्षमा प्रभुराम थापा विजयी भएका छन्।
बानाको बोर्ड अफ ट्रस्टीको अध्यक्षका लागि भएको निर्वाचनमा ११६ जनाले मतदान गरेकोमा थापाले ९७ मत ल्याएर विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी महेन्द्र देशारले १९ मत ल्याएका थिए।
संस्थाको उपाध्यक्षमा कलाकार तथा व्यवसायी अनुशुया श्रेष्ठ वन्त, सचिवमा सुर्योदया तिम्सिना निर्विरोध निर्वाचित भएका छन् । रिना केसी, जनक पौडेल, र सुशिला महत सदस्यमा निर्वाचित भएका छन् ।
नवनिर्वाचित थापाले समुदायको एकता र हितका लागि आफूले सक्रिय भएर काम गर्ने बताएका छन्।