३८औं विश्व पर्यटन दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाइएको छ । पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले पोखरा विमानस्थलमा पहिलोपटक आएका पयर्टकलाई बाजा गाजासहित मालाले स्वागत गरेका छन् ।
यति एयरलाइन्स काठमाण्डौं मार्फत पोखरा आएका विदेशी र आन्तरीक पर्यटकहरुलाई पञ्चे बाजा, फुलमालासहित स्वागत गर्दा पर्यटकहरु समेत नेपालीहरुसँग रमाइ–रमाई नाचेका थिए ।
त्यसैगरी काठमाडौंबाट पोखरा आएका पर्यटन बसबाट पहिला आउनेलाई समेत स्वागत गरेको छ । रेवान पोखराले पनि लेकसाइडमा एक दिने मिनी सडक महोत्सवको आयोजना गरेको छ । पोखराको फिस्टेलगेट देखी बाराहीघाट सम्मको एक किलोमिटरको बाटो सकडक महोत्सव योजना गरेको हो ।
सडकमै विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेर मनोरञ्जन कार्यक्रम हुने छन् । पोखरा पर्यटन परिषद्को संयोजन पोखरा बिभिन्न कार्यक्रम गरी पर्यटन क्षेत्रलाई चलाए मान गराएको परिषदका कार्यवाहक अध्यक्ष भरत पराजुली बताए ।
नेपाल आउने पर्यटकमध्ये पोखरामा ६० प्रतिशत पर्यटकहरु पोखरा र अन्नपुर्णपद यात्राका लागि आउने गरेका छन् । पछिल्लो समयमा आन्तरीक पर्यटकहरु पनि ठूलो मात्रामा पोखरा आउने गरेका छन् ।