ठमेलको पुरानो घरभित्र सुरूङजस्तो बाटो हुँदै उनीहरू एउटा अँध्यारो कोठामा छिरेका थिए।
त्यहाँ ४०/४५ वर्षीय पुरूषले ढोका खोले। ढोका खोल्नासाथ उनकी साथीले 'म बाहिर बस्छु, तिमी भित्र जाऊ' भनेर पठाइदिइन्।
ती पुरूषले ढोका लगाउँदै कन्डमको प्याकेट निकीको हातमा राखिदिए।
निकीले हत्तपत्त कन्डमको प्याकेट फाल्दै 'यो के हो' भनेर तर्किइन्। त्यसपछि आफै ढोका खोलेर बाहिर निस्किइन्।
बाहिर आएपछि बल्ल उनले थाहा पाइन्, ती साथीले दोहोरी रेस्टुरेन्टमा भाँडा माझ्छु भनेर ढाँटेकी रहिछन्। खासमा उनी यौन व्यवसायमा लागेकी रहिछन् र निकीलाई पनि त्यही कामको निम्ति ल्याएकी रहिछन्।
'भाँडा माझेर मात्र पैसा कमाउन गाह्रो छ। यस्तो काम गर्दा पैसा कमाउन सकिन्छ,' उनले निकीलाई सम्झाइन्।
निकीको मनमा ज्वारभाटा उठ्यो।
उनले आफ्ना छोराछोरी दिनभरि भोकै बसेको, एकसरो लुगा किनिदिन नसकेको, स्कुल पठाउन नसकेको विवशता झलझली सम्झिइन्।
र, ती सारा दु:ख दूर गर्न, पेटको भोक मार्न र सन्तानको भविष्य सपार्न परिस्थितिसँग सम्झौता गर्न उनी तयार भइन्।
(सेतोपाटीमा प्रकाशित ९५ प्रतिशतभन्दा बढी सामग्री नि:शुल्क पढ्न पाइन्छ, पैसा तिर्नु पर्दैन। यो भने 'प्रिमियम' स्टोरी हो, सदस्यहरूले मात्र पढ्न मिल्छ। पढ्नका लागि तल दिएको लिंकमा गएर सबस्क्राइब गर्नुहोस्।)