सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो पारेका छन्।
मतगणनाको पछिल्लो विवरण अनुसार धरानमा साम्पाङले १३ हजार ४०५ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईले ११ हजार ४४ मत प्राप्त गरेका छन् ।
राई र साम्पाङ बिचको मतान्तर २ हजार ३६१ रहेको छ। प्रमुख पदकै अर्का उम्मेदवार नेकपा एमालेकी मञ्जु भण्डारी (सुबेदी)ले भने ९ हजार ५४ मत पाएर तेस्रो स्थानमा रहेकी छिन् ।
उपमेयरमा भने गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाको अग्रता कायमै रहेको छ। उनले हालसम्म १३ हजार ५९ मत प्राप्त गरिसकेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पदम इस्वोले १२ हजार ३१७ मत प्राप्त गर्दै ७४२ मतान्तरले पछि परेका छन् ।