कैलालीको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका उमेदवार विजयी भएका छन्।
गणेश चौधरीले ७ हजार १ सय ५१ मत पाएर अध्यक्षमा निर्वाचित भए। उनका निकटतम् प्रतिद्वन्द्वी सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसका परशुराम महतौले ५ हजार २४२ मत पाउँदा एमालेका टंकबहादुर बमले ४ हजार २४१ मत ल्याए।
त्यसैगरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै लालमती देवी कठरिया ६ हजार ५२६ मतसहित निर्वाचित भइन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी गीता चौधरीले ४ हजार ५ मत ल्याउँदा गठबन्धनबाट माओवादीका जयप्रकाश दहितले ४ हजार ५४८ मत प्राप्त गरे।