सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता कायम राखेका छन्।
शुक्रबार साँझसम्म धरानको ४१६९७ मत गणना भएको छ। त्यसमा साम्पाङले १२८०५ मत पाएका छन्।
दोस्रो स्थानमा रहेका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका किशोर राईले ११२४५ मत ल्याएका छन्।
निवर्तमान उपमेयर तथा एमाले उम्मेदवार मन्जु भण्डारी ९१४८ मतसहित तेस्रो स्थानमा छन्।
उपमेयरमा भने सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले अग्रता कायम राखेका छन्। उनले १३०३२ मत पाएका छन् भने एमालेका पदमप्रसाद लिम्बुले १२३१६ मत ल्याएका छन्।
मतगणना जारी छ।