काठमाडौं महानगरपालिकाको उपमेयर पदको लागि नेकपा एमालेकी सुनिता डंगोलले २७ हजार बढी मत पाएकी छन्। उनले आफ्नो अग्रता कायम राख्दै आफ्ना प्रतिस्पर्धीहरूसँग फराकिलो मतान्तर बनाएकी हुन्।
राष्ट्रिय सभा गृहमा जारी मतगणनामा शुक्रबार साँझसम्म उनले २७ हजार ७०२ मत प्राप्त गरेकी हुन्। अहिलेसम्म ७४ हजार ७५१ मत गणना भएको छ।
यता उनका प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठ निक्कै पछाडि छन्।
उनले अहिलेसम्म जम्मा ९ हजार ६१७ मत मात्रै पाएका छन्। उनी सुरूवातदेखि नै पछि परेका थिए भने डंगोलले सुरूदेखि नै अग्रता लिँदै आएकी थिइन्।
उनीहरूबीच १८ हजार ८५को मतान्तर रहेको छ।