गठबन्धनका उम्मेदवारलाई परास्त गर्दै रूपन्देहीको गैंडहवा गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
गाउँपालिका अध्यक्षमा सुरेन्द्र पौडेल ५ हजार ६३१ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका बसीउल्लाह मुसलवानले ४ हजार ३८८ मत ल्याएर पराजित भए।
यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी माधुरी जैसवाल विजयी भएकी छिन्। उनले ४ हजार ७५६ मत ल्याइन्।
नेपाली कांग्रेसकी मन्जु न्यौपानेले ४ हजार ६५९ मत ल्याएर पराजित भइन्।
यसअघिको निर्वाचनमा गैंडहवामा जनता समाजवादी पार्टी अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको थियो।