बाराको कलैया उपमहानगरपालिकामा एमाले विजयी भएको छ।
सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयर र उपमेयरमा एमाले उम्मेदवार विजयी भएका हुन्।
मेयरमा एमालेका विनोद साहले २२ हजार ९६ मत ल्याएर जित हात पारे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश राय यादवले १६ हजार ८७६ मत पाएका छन्।
उपमेयरमा एमालेकी रौशन परविन विजयी भएकी छन्। परविनले १७ हजार ३३५ मत ल्याइन्। उनका प्रतिस्पर्धी जनता समाजवादीका प्रमोद गुप्ताले १६ हजार ७७० मत पाए।
२०७४ को चुनावमा कलैयाको मेयर र उपमेयर दुबै कांग्रेसले जितेको थियो।
यसअघि एमालेले दाङको घोराहीमा गठबन्धनलाई हराएर जित हात पारेको थियो।