निर्वाचनको मुखमा नेपाली कांग्रेस परित्याग गरी हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी प्रवेश गरेका गया बरई रूपन्देहीको मर्चवारी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका छन्। बरईले नेपाली कांग्रेसका ज्ञानप्रकाश मिश्रलाई हराउँदै अध्यक्ष निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसले टिकट नदिएपछि बरईले टिकट पाउने सर्तमा जनता प्रगतिशील पार्टी प्रवेश गरेका थिए। निर्वाचित बरईले ४ हजार ३ सय ८४ मत प्राप्त गर्दा मिश्रले ३ हजार २ सय ४५ मत प्राप्त गरेका छन्।
अध्यक्ष सँगै गाउँपालिका उपाध्यक्षमा पनि जनता प्रगततिशील पार्टीकै आशा सिंह निर्वाचित भएकी छन्। सिंहले २ हजार ९ सय ६५ मत ल्याएकी छन्। सिंहकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुमन यादवले २ हजार ४ सय ९ मत प्राप्त गरिन्।