दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन यतिबेला चर्चामा छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अभिनेता आफ्नो नाम परिवर्तन गर्ने सोचिरहेका छन्। उनी आफ्नो नाममा केही अक्षर थप्न चाहन्छन्। तर यस विषयमा अल्लू अर्जुनले आधिकारिक बयान दिएका छैनन्।
अल्लू अर्जुनलाई ज्योतिषले नाममा 'यु' र 'एन' जोड्न सल्लाह दिएका छन्। ताकि उनको करियरमा अझै धेरै सफलता मिल्योस्।
अब अल्लू अर्जुन एटलीको फिल्ममा देखिनेछन्। फिल्मको नाम 'एए२२' राखिएको छ। रिपोर्ट्सका अनुसार यो फिल्मको घोषणा अल्लू अर्जुनको जन्मदिन (८ अप्रिल) मा हुन सक्छ।
यो बाहेक उनी अभिनेता तथा निर्देशक त्रिविक्रम श्रीनिवासको एक पौराणिक फिल्ममा देखिनेछन्। फिल्ममा अल्लू अर्जुन भगवान कार्तिकेयको भूमिका निर्वाह गर्न सक्छन्।