बलिउड अभिनेता सलमान खानको फिल्म 'सिकन्दर' ले भारतीय बक्स अफिसमा कमजोर कमाइ गरेको छ।
२६ करोडमा ओपनिङ गरेको फिल्मले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाइरहेको छ। फिल्मले पाएको प्रतिक्रियापछि दर्शकको उत्सुकतामा कमी देखिएको छ। जसले गर्दा केही ठाउँमा शो रद्ध गरिएको छ।
भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार जी ७ मल्टिप्लेक्स गेयटी ग्यालेक्सीमा फिल्मको शो बढाइएको छ। तर भारतको सूरत, अहमदाबाद, भोपाल, इन्दौर जस्ता सहरमा शो रद्ध गरिएको छ।
फिल्मले दुई दिनमा विश्वभरबाट १०५ करोड ८९ लाख भारू कमाएको छ।
एआर मुरुगादास निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ। उनीहरूको केमेस्ट्रीलाई दर्शकले मनपराइरहेका छन्।