दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको सुपरहिट फिल्म 'आर्या २' रि-रिलिज हुने भएको छ।
सन् २००९ मा बनेको फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। यो फिल्म ५ अप्रिलदेखि रिलिज गर्न लागिएको हो।
'पुष्पा २' पछि अल्लू अर्जुनको फ्यान फलोइङ बढेको छ। जसले गर्दा 'आर्या २' ले राम्रो कमाइ गर्ने अनुमान गर्न सकिन्छ।
हलमा रि-रिलिज भएपछि यो फिल्म ओटिटीमा पनि रिलिज हुनेछ। यो फिल्म ओटिटी प्लेटफर्म सन नेक्सट र अमेजन प्राइम भिडिओमा रि-रिलिज हुनेछ।
फिल्ममा अल्लू अर्जुन र काजल अग्रवालको मुख्य भूमिका छ।