भारतीय चर्चित टेलिशृंखला 'तारक मेहताका उल्टा चश्मा' पछिल्लो समय चर्चामा छ।
लामो समयदेखि यो शो दयाबेनको बिना चलिरहेको छ। मेकर्स नयाँ दयाबेनको खोजीमा थिए। शोको लागि नयाँ दयाबेन फाइनल गरिएको छ।
शोका निर्माता असित कुमार मोदीले उक्त कुरा पुष्टि गरेका हुन्। नयाँ अभिनेत्रीसँग केही एपिसोड छायांकन गरिएको छ। योसँगै दिशा वकानी फर्किने सम्भवना बन्द भएको छ। यो शोको लागि काजल पिसल दयाबेन बनेर आउने भएकी छन्।
काजल पिसलको दयाबेनको अवतारमा तस्बिर सार्वजनिक भएको छ। जुन यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
दिशा वकानीले करिब ७ वर्षअघि शो छाडेकी थिइन्। उनी अहिले आमा बनिसकेकी छन् र उनले आफ्नो जिन्दगीको एक नयाँ अध्याय सुरू गरिसकेकी छन्।