बलिउड अभिनेता ऋतिक रोशन फिल्म 'कृष ४' बाट निर्देशनमा डेब्यू गर्दैछन्।
यस कुराको जानकारी उनका बुवा राकेश रोशनले सामाजिक सञ्जालमार्फत दिएका हुन्। उनले अब निर्देशनको जिम्मेवारी आफ्नो छोरा ऋतिक रोशनलाई दिने बताएका छन्।
राकेश रोशनले आफ्नो इन्स्टाग्राममा ऋतिक रोशनको एक तस्बिर सेयर गर्दै लेखेका छन्, '२५ वर्ष पहिला मैले तिम्लाई एक अभिनेताको रूपमा लन्च गरेको थिएँ। आज २५ वर्षपछि तिमीलाई एक निर्देशकको रूपमा लन्च गर्दैछु।'
यस फिल्मलाई राकेश रोशन र आदित्य चोपडाले निर्माण गर्नेछन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार फिल्मको स्क्रिप्ट तयार भइसकेको छ।
यो फिल्मको २०२६ मा छायांकन सुरू हुनेछ।