बलिउड अभिनेता श्रेयस तलपडेविरूद्ध उत्तर प्रदेशमा धोखाधडीको उजुरी दर्ता भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनीमाथि उत्तर प्रदेशमा करोडौंको चिटफन्ड घोटाला गर्ने आरोप छ। उनी बाहेक १४ अन्य व्यक्तिविरूद्ध उजुरी दर्ता छ।
अभिनेता श्रेयस लोनी अर्बन मल्टीस्टेट क्रेडिट एन्ड थ्रिफ्ट को-अपरेटिभ सोसाइटी लिमिटेड कम्पनीसँग जोडिएका छन्। आरोपमा यो कम्पनी ग्रामिण भेगबाट पैसा उठाएर दोब्बर फिर्ता गर्ने दाबी गर्छ। पैसा दोब्बर फिर्ता गर्ने भनेर ग्रामिण भेगबाट करोडौं भारू उठाइएको थियो।
यो कम्पनी १० वर्षअघि खोलिएको थियो। श्रेयसलाई मान्छेहरू छिट्टै भरोसा गरेर पैसा दिन्थे। जब मान्छेहरूले पैसा फिर्ता गर्न अनुरोध गरे तब अचानक कम्पनी बन्द गरियो। प्रहरी अधिकारीले यस मामिलामा जाँच सुरू गरेका छन्।
चिटफन्ड मामिलामा श्रेयस तलपडेमाथि पहिला पनि धोखाधडीको आरोप लागेको थियो। यसवर्ष पनि सुरूआता श्रेयससहित आलोक नाथमाथि ९ करोड भारू धोखाधडीको आरोप लागेको थियो।
श्रेयस पछिल्लो समय फिल्म 'इमरजेन्सी' मा देखिएका थिए।