बलिउड अभिनेता अजय देवगन आगामी फिल्म 'रेड २' मा देखिँदैछन्।
केही दिनअघि यस फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो। यो फिल्म १ मे २०२५ मा रिलिज हुनेछ।
अब फिल्मको एक मुख्य पात्रको खुलासा गरिएको छ। फिल्ममा रितेश देशमुख अनुबन्धित भएका छन्। फिल्ममा उनी खलनायकको भूमिकामा देखिनेछन्।
अजय देवगनले फिल्मको पोस्टर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। सार्वजनिक पोस्टर रितेश एक राजनेताको भूमिकामा देखिएका छन्। फिल्ममा अजय देवगन र रितेश देशमुखसँगै रवि तेजा, वाणी कपूरको पनि मुख्य भूमिका रहनेछ।
'रेड २' को लामो समयदेखि चर्चा चलिरहेको छ। यो सन् २०१८ मा आएको फिल्म 'रेड' को सिक्वेल हो। अब ७ वर्षपछि यसको सिक्वल बनाउन लागिएको हो।
