बलिउड अभिनेता सनी देओलको फिल्म 'जाट' को ट्रेलर सार्वजनिक भएको छ।
सोमबार म्याथ्री मुभि मेकर युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा अभिनेता रणदीप हुड्डा खतरनाक अवतारमा देखिएका छन्।
गोपिचन्दले निर्देशन गरेको फिल्ममा रणदीप हुड्डा र सनी देओलसँगै विनीत कुमार सिंह, रेगिना चसन्द्र, सैयमी खेर, स्वरूपा घोषलगायत कलाकारको अभिनय छ। फिल्ममा एक्सन कोरियोग्राफी अनल अरासु, राम लक्ष्मण र वेंकटले गरेका हुन्।
यो फिल्म १० अप्रिलदेखि हलमा रिलिज हुनेछ।