भारतीय स्ट्याण्ड-अप कमेडियन कुणाल कामरामाथि महाराष्ट्रको सिएम एकनाथ शिंदेमाथि आपत्तिजनक टिप्पणीको मामिलामा उजुरी दर्ता भएको छ।
मुम्बई पुलिसले भारतीय न्याय संहिताको धारा ३५३ (१)(बि) (अशान्ति भड्काउने बयान) र ३५६ (२) (मानहानि) को उजुरी दर्ता गरिएको हो।
त्यस्तै कामराको स्टुडियो तोडफोड गर्ने शिंदे गुटको शिवसेनाको ४० कार्यकर्तामाथि पनि उजुरी दर्ता भएको छ। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार आइतबार कामराले एक भिडिओ पोस्ट गरेका थिए, जसमा सिएम शिंदेको मजाक उजाइएको थियो। त्यसपछि शिंदे गुटको कार्यकर्ता भड्केका थिए। उनीहरूले मुम्बईको खार इलाकामा बनेको स्टुडियो 'द युनिकोन्टिनेन्टल' तोडफोड गरेका हुन्।
हाल कमेडी क्लब बन्द गरिएको छ।