अभिनेता कार्तिक आर्यन लामो संघर्ष गरेपछि बलिउड स्टार बनेका छन्।
हाल दर्शक उनको फिल्मको पखाईमा बस्छन्। आगामी दिवालीमा उनी अभिनीत फिल्म 'भूल भुलैया ३' प्रदर्शन हुँदैछ। उनले हालै आफ्नो पहिलो फिल्मको बारेमा कुराकानी गरेका छन्।
न्यूज १८ सँग कुराकानी गर्दै उनले पहिलो फिल्म 'प्यारका पन्चनामा' को अफर पाउँदा मेडल जितेको महसुस भएको बताएका छन्।
'मेरो लागि पहिलो फिल्म पाउनु धेरै ठूलो कुरा थियो। प्यारका पन्चनामाको अफर हुँदा मलाई मेडल जितेको महसुस भइरहेको थियो किनकी मैले फिल्म पाउन धेरै संघर्ष गरेको थिएँ। यो यस्तो फिल्म थियो जुन छायांकनमा जादैथियो। यो भन्दाअघि पनि मलाई फिल्म अफर भएका थिए। तर बनेन्,' उनले भने।
उनले आफ्नो पहिलो फिल्मको पारिश्रमिक बारे कुराकानी गर्दै भने, 'मैले पहिलो विज्ञापनको लागि १५०० रूपैयाँ लिएको थिएँ र पहिलो फिल्मको ७० हजार। तर ट्याक्स काटेर मेरो हातमा ६३ हजार परेको थियो। अहिले यो नम्बर मैले धेरै ठूलो बनाइसकेँ।'
हाल उनी एक फिल्मको लागि ४० करोड भारू पारिश्रमिक लिन्छन्। कार्तिकको पछिल्लो समय 'चन्दू च्याम्पियन' फिल्म प्रदर्शन भएको थियो। तर फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन।