बलिउड अभिनेता विक्की कौशल, एमी विर्क र अभिनेत्री तृप्ति डिमरी अभिनीत फिल्म 'ब्याड न्यूज' तेस्रो सातामा प्रवेश गरेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले दुई सातामा ५८ करोड ९८ लाख भारू कमाएको छ।
पहिलो सातामा ४४ करोड १२ लाख कमाएको फिल्मले दोस्रो सातामा १४ करोड ८६ कमाएको हो। फिल्मलाई दर्शकले रूचाइरहेका छन्।
आनन्द तिवारीले निर्देशन गरेको फिल्ममा विक्की, एमी र तृप्तिसँगै नेहा धूपिया, अनन्या पान्डेलगायत कलाकारको अभिनय छ।
यो फिल्म धर्मा प्रोडक्सनले निर्माण गरेको हो। जसले सन् २०१९ मा फिल्म 'गुड न्यूज' बनाएको थियो। यस फिल्ममा अक्षय कुमार, करीना कपूर खान, कियारा आडवाणी र दिलजीत दोसाँझको अभिनय थियो।