भारतीय टेलिभिजनकी रानी भनेर चिनिन्छन् निर्माता तथा निर्देशक एकता कपूर। उनले थुप्रै भारतीय टेलिशृंखला बनाइसकेकी छन्।
टेलिभिजनदेखि फिल्मसम्म उनले धेरै नयाँ कथा बुनेकी छन्। उनले निर्देशन यात्रामा मेहेनेतसँगै सफलता पनि हासिल गरेकी छन्।
उनले अन्तर्राष्ट्रिय रूपमा आफ्नो नाम राख्न सफल भएकी छन्। उनलाई 'अन्तर्राष्ट्रिय एमी डायरेक्टोरेट अवार्ड' बाट सम्मान गरिएको छ। उनलाई न्यूर्योक ५१ औं अन्तर्राष्ट्रिय एमीबाट सम्मान गरिएको हो। यो अर्वाडबाट सम्मानित हुने उनी भारतकी पहिलो महिला निर्देशक हुन्।
उनले विभिन्न मान्छेको जीवनसँग मिल्दोजुल्दो नयाँ-नयाँ कथामा फिल्म बनाएकी छन्। उनले फिल्ममा मात्रै नभई टेलिशृंखला, वेब सिरिजमा पनि काम गरिरहेकी छन्। जसको कारण उनको कथालाई मनपराउने दर्शकको संख्या बढ्दो क्रममा छन्। उनले अर्वाड पाएपछि खुसी व्यक्त गरेकी छन्।
'ग्लोबल स्केलमा सम्मानित हुनु भनेको मेरो लागि खुसीको कुरा हो। म सधैं कथा सुनाउन चाहान्छु। दर्शकको मायाको लागि आभारी छु। दर्शकको कारण टेलिभिजनबाट फिल्म र ओटिटीको दुनियाँमा जाने मौका पाएँ,' उनले भनिन्।